स्वरुप परिवर्तन गरी चलाएका सवारी नियन्त्रणमा

सेयर गर्नुहोस

मंसिर ७ गते । मंसिर १ गतेदेखी ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सवारी साधन चेकजाँच गर्दा अवस्था ठिक नरहेका सवारी साधन र चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनायको छ । साथै कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल नचलाउन अनुरोध गरेको छ । कसैले चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि प्रहरीले अनुरोध समेत गरेको छ ।


सेयर गर्नुहोस