मंसिर ११ गते ।
मंगलबार पोखरा महानगरपालिका वडा नं.१४ स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक (PP NO.FM808318) बर्ष २१ का PYLYP ZILKO VSKYI को ब्याग जाँच गर्ने क्रममा संरक्षित बन्यजन्तु घोरलको जस्तो देखिने दुई चुच्चो परेको जोडिएको सिंङ फेला परेको छ । अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी मार्फत जानकारी पाएलगत्तै प्रहरी कार्यालय रामबजार कास्कीको टोलीले उक्त संरक्षित बन्यजन्तु घोरलको जस्तो देखिने सिंङ सहित निज विदेशी नागरिकलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि ऐ.१५ नयाँगाउ स्थित रहेको अन्नपुर्ण संरक्षण क्षेत्र (ACAP) को कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।