पोखरा रंगशालामा निशुल्क ध्यान शिविर हुने

सेयर गर्नुहोस

पोखरा, १३ मंसिर ।

यही मंसीर १५ गते पोखरामा एक दिवसीय ध्यान शिविर हुने भएको छ । हिमालय सर्मपण ध्यान योग नेपालको आयोजनामा जीवन रुपान्तरणका लागि हिमालयन ध्यान योग नाम दिईएको शिविरमा महर्षि श्री कृपानन्द स्वामीजीवाट ध्यान सिकाउने कार्यक्रम रहेको छ । शनिबार बिहान साढे सातवजे देखि पौने दश बजेसम्म ध्यान शिविर सञ्चालन हुने विहिबार आयेजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । शिविरमा प्रवेश निशुल्क गरिएको छ । पत्रकार भेटघाट कार्यक्रममा हिमालय सर्मपण ध्यानयोगका प्रणेता शिव कृपानन्द स्वामीले आफ्नो आध्यात्मिक यात्रा ४५ वर्ष अगाडि नेपालको पशुपति नाथवाट प्रारम्भ भएको र रसुवा जिल्लाको हिमाच्छादित गुफामा तपश्यारत गुरु शिवबाबा वाट आत्म साच्क्षतकार प्राप्त भएको बताए । उनले नेपाल लगायत विश्वका ७२ राष्ट्रसम्म ध्यानको महत्व र ज्ञान फैलाएको भएपनि वत्ति मुनि अध्यारो भने जस्तै आफुले आध्यात्मिक ज्ञान पाएको नेपालमा त्यति धेरै ध्यानको ज्ञान नभएको कृपानन्द स्वामीको भनाई थियो । नेपालमा योसँगै ४ पटक आएको र नेपाल भ्रमण वर्ष २०२०को सद्भावना दूत समेत रहेको भन्दै त्यतिवेला कोभिड १९ को कारण आफुले केही गर्न नसकेको सुनाए । पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले पोखरा रंगशालामा मंसीर १५ गते निशुल्क रुपमा हुन गईरहेको ध्यान शिविरमा सहभागि भई त्यसवाट फाईदा लिन सवै पोखरेलीलाई आग्रह गरेका छन् । शिविरको प्रवर्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन् ।


सेयर गर्नुहोस