१४ मंसिर, पाेखरा ।
पाेखरा स्थित अन्तरास्ट्रिय पर्वतीय संग्रहालयमा नवाैं संस्करणको पर्वतीय महाेत्सव हुने भएकाे छ । पर्वतीय पर्यटन र वातावरण संरक्षणबारे जनचेतना बढाउने उदेश्यले महाेत्सव गर्न लागिएकाे हाे ।
संयुक्त राष्ट्र संघकाे आह्वानमा प्रत्येक बर्ष ११ डिसेम्बरमा मनाइने अन्तर्राष्ट्रिय पर्वतीय दिवसकाे सन्दर्भ पारेर मंसिर २३ शुरू हुने महाेत्सव २७ गतेसम्म चल्ने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यापानेले जानकारी दिइन् । महोत्सवमा पर्वतीय वातावरण संरक्षण सम्बन्धमा अन्तरक्रिया, पर्वताराेहीका अनुभव श्रवण, साहसिक खेलकुद, नाटक प्रदर्शन लगायतका गतिविधि सञ्चालन गरिने निर्देशक न्याैपानेले बताइन् ।
जलवायु परिवर्तनका असर न्युनीकरणका उपायहरू खाेजी गर्न तथा नेपालकाे पर्वतीय पर्यटन प्रवर्द्धन गर्न महाेत्सव प्रभावकारी हुने पर्वताराेहण संघका सल्लाहकार डा.गणेश गुरूङले बताए ।
पर्वतीय महाेत्सव अन्य आम महाेत्सव भन्दा पृथक र विशिष्ट हुने आयाेजककाे भनाइ छ । नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले करिब ५० हजार जनाले महाेत्सवमा सहभागीता जनाउने अपेक्षा राखिएकाे बताए । महाेत्सव अवधिभर निशुल्क प्रवेशकाे व्यवस्था मिलाइएको छ ।
पर्वतारोहण, नेपालका हिमाल, हिमाली संस्कृति, संग्रहालय जस्ता बिषयमा रुचि राख्नेका लागि महाेत्सव फलदायी हुने आयाेजककाे विश्वास छ ।