१८ मंसिर, दुलेगौंडा ।
माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिको अध्यक्षमा सरन सापकोटा निर्वाचित भएका छन् । मंगलबार दुलेगौंडामा सम्पन्न दोस्रो नगर सम्मेलनले सापकोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र भण्डारी, उपाध्यक्षमा सुमन आले, दीपक सापकोटा, सचिवमा सरोज पौडेल, सहसचिवमा अनिष ढकाल र कोषाध्यक्षमा हिमकुमारी पौडेल चयन भएका छन् ।
सम्मेलनले ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।