१) आज ११ औं विश्व माटो दिवस : हरेक वर्ष सन् २०१३ देखि डिसेम्बर ५ तारिखमा माटो दिवस मनाउन थालिएको हो ।
यस वर्षको नारा “माटोको सुधार : परिक्षण, रेखदेख र उपचार”
(१ सेन्टिमिटर माटो बन्न ४०० वर्ष लाग्छ)
२) लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर (२५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ । यस वर्षको राष्ट्रिय नारा “हामी सबैको प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता”
३) बिबीसी १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल नेपाली महिला : शिलशिला आचार्य हुन् । उनी नेपालमा पर्यावरण क्षेत्रमा सक्रिय दिगो विकास उद्यमी महिला हुन् । प्लास्टिकको पुन: प्रयोगबारे सबैभन्दा ठूलो संजाल सञ्चालन गर्छिन् ।
४) नेपालको क्रिकेट इतिहासमा पहिलोपटक आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) २०८१ मंसिर १५ देखि पौष ६ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चल्दै छ । यस गेममा ८ टिम सहभागी रहेका छन् । यसको नारा “फेस्टिभल अफ हिमालयज”
५) २०२४ डिसेम्बर ५, ३३ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस । यस वर्षको नारा “समावेशी र दिगो भविष्यको लागि अपाङ्गता भयका व्यक्तिहरूका लागि नेतृत्व”
६) सहिष्णुता र शान्तिका लागि अन्तराष्ट्रिय संसद (आइपिटिपी) को एघारौं बैठक : २०२४ नोभेम्बर २३-२६(मंसिर ८-११) सम्म कम्बोडियामा सम्पन्न
७) सरकारद्वारा प्रदान गरिने उत्कृष्ट चलचित्र अवार्ड २०८१ को पुरस्कार प्राप्त गर्न सफल चलचित्र : बुलाकी उत्कृष्ट अभिनेता : विपिन कार्की ( चलचित्र : प्रसाद २) उत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का ( चलचित्र : दिमाग खराब) उत्कृष्ट निर्देशक : निश्चल बस्नेत ( चलचित्र : दिमाग खराब) उत्कृष्ट लेखन : राजबहादुर साने (चलचित्र : बुलाकी)
८) फिल्म साउथ एसिया महोत्सव चौथो संस्करण : २०८१ मंसिर ६-९ सम्म ललितपुरमा संचालन उत्कृष्ट चलचित्र : सिक्स – ए आकाशगंगा
९) जुम्लालाई ६६ औं साक्षर जिल्ला घोषणा : २०८१ मंसिर १२
१०) अन्तराष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्ध पक्राउ पुर्जी जारी : २०२४ नोभेम्बर २१ (उनलाई युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राऊ पुर्जी जारी गरेको)
११) नारायण गोपाल स्मृति सम्मान २०८१ मा ३ स्रस्टा सम्मानित : सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापा सम्मानित ।