२४ मङ्सिर, दमाैली ।
नेकपा माओवादी केन्द्र ऋषिङ गाउँपालिका समितिको अध्यक्षमा डम्बर विश्वकर्मा निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो गाउँ सम्मेलनले डम्बरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा मधुप्रसाद थापा, बसन्त शदाशंकर र नरबहादुर सारु निर्वाचित भए । सचिवमा कुशबहादुर थापा, सहसचिवमा छविलाल आले र कोषाध्यक्षमा नानीमाया पुलामी निर्वाचित भएका छन् ।
सचिवालय सदस्यमा दानबहादुर आले, झमानसिंह नेपाली, लोकबहादुर विक, सुकमाया आले, चयन भएका छन् ।