दमाैली ।
जन्मदिन सबैलाई विशेष लाग्छ । जन्मदिन मनाउने आफ्नाे आफ्नाे शैली हुन्छन् । जन्मदिनमा आवश्यक क्षेत्रमा सहयाेग गर्ने संस्कृति पनि छ । तनहुँकी कृषि उद्यमी कल्पना गाैलीले आफ्नाे जन्मदिन ग्रामीण विद्यालयका बालबालिका न्यायाे कपडा प्रदान गरेर मनाएकी छन् ।
व्यास नगरपालिका–६, बासथल स्थित शंकर आधारभूत विद्यालयका २६ जना विद्यार्थीहरूलाई शुक्रबार न्यानो खेलकुद पोसाक प्रदान गरेकाे माँ अलौकिक कृषि फार्म, व्यास–५, ढोडेनीका सञ्चालक कल्पना गौलीले जानकारी दिईन् ।
“यी विद्यार्थीहरूलाई नयाँ कपडा पाएर खुसी भएको देख्दा म धेरै खुसी छु। म हरेक वर्ष कपडा र शैक्षिक सामग्री वितरण गर्दै आएको छु। स्थान र परिमाण फरक हुन सक्छ, तर म आफ्नोतर्फबाट सधैं गरिरहन्छु” गाैलीले भनिन् ।
जहाँ साथ र सहयाेगकाे बढि आवश्यकता छ, त्यस्ता गाउँहरू खाेजेर सहयाेग गर्न रूचाउने गाैलीले बताइन् ।