काेदाे खेतीमा एकजुट राङरूङकाे महिला समूह

सेयर गर्नुहोस

५ पुस, तनहुँ ।

लाेप हुँदै गइरहेकाे रैथाने काेदाे बाली प्रवर्द्धन गर्न भिमाद नगरपालिकाले किसानलाई प्राेत्साहित गरेकाे छ । भिमाद नगरपालिका ७ राङरूङमा कृषक समूह मार्फत काेदाे खेती बिस्तार गरिएकाे हाे । 

मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत स्टार्ट अप भिमाद कृषि परियाेजना बमाेजिम राङरूङ गाउँकाे ७२ राेपनी पाखाे बारीमा काेदाे खेती गरिएकाे भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले जानकारी दिए। 

काेदाे खेती गर्ने कृषक समूहलाई नगरपालिकाले हाते ट्याक्टर, काेदाे ठटाउने मेसिन, काेदाे पिस्ने मेसिन लगायतका औजार उपलब्ध गराएकाे छ ।

राङरूङकाे नमुना कृषक महिला समूहमा आवद्ध ३० जना कृषकले यसबर्ष ७२ राेपनी बारीमा काेदाे खेती गरी बाली  भित्र्याएका छन् । आगामी बर्ष कम्तीमा १ सय राेपनीमा खेती बिस्तार गर्ने कृषक महिला समूहकाे याेजना छ  ।

काेदाे पिसेर पिठाे बिक्रि गर्न गाउँमा नै रैथाने पिठाे उद्योग समेत सञ्चालनमा आएकाे छ । उद्योगका सञ्चालक बिरू बस्याल काेदाेकाे पिठाेकाे माग असाध्यै धेरै भएकाे बताउँछन्। “काेदाेकाे पिठाेकाे माग विदेशबाट पनि आईरहेकाे छ, नारायणगढ, पाेखरा लगायतका शहरकाट पनि मगाइरहनुभाछ तर अहिले भिमाद बजारमा मात्रै पनि माग अनुसार पुर्‍याउन सकिरहेेका छैनाै, आगामी बर्षदेखि खेती बिस्तार गर्दै नजिकका अरू बजार पनि लिने याेजना छ।” बस्यालले सुनाए ।

काेदाेकाे माग र महत्व बढेसंगै किसान खेतीमा उत्साहित देखिन्छन् । कृषक समूहकी अध्यक्ष सुनिता बस्याल भन्छिन् – “पहिलापहिला काेदाे खान लाज हुन्थ्याे, लुकाएर खान पर्थ्याे, अहिले पाहुना आउँदा पनि काेदाे खान चाख गर्छन्, आफूलाई खान पनि पाेषिलाेे हुन्छ, ठुलाठुला हाेटल रेष्टुरेन्टमा काेदाेेेमाे ढिडाे महंगाेमा बिक्री हुन्छ, त्यहिभएर खुशी भएर समूह नै बनाएर काेदाे खेती गरेका छाैं।”  

समूहकी सचिव नानीमैयाँ परियारले खानाकाे लागि पाेषिलाे र आम्दानीका लागि पनि सजिलै बिक्री हुने भएकालेे काेदाे खेती कृषककाे लाषि फाइदाजनक भएकाे बताइन् । 

“पहिलेपहिले दुःखले खनेर राेपिन्थ्याे, अहिले ट्याक्टर आयाे, जाताेमा पिस्नुपर्थ्याे, अहिले मेसिन आयाे”  कृषक मंगली परियार विगतकाे तुलनामा खेती गर्न सजिलाे जमाना आएकाे बताउँछिन् । 

उत्पादन भएकाे काेदाे खेर जाला भन्ने परिर किसानलाई छैन। पाथीकाे २ सय ५० देखि ३ सय रूपैयाँमा गाउँबाट नै काेदाे बिक्री हुने गरेकाे छ । धेरै काेदाे त गाउँमा नै खपत हुन्छ।

गाउँमा मेहनत गरिखाने किसान लाई बजारबाट किनेर ल्याएकाे चामल भन्दा काेदाेकाे राेटी, ढिडाे अडिलाे र पाेषिलाे हुने अर्का कृषक देवु परियार बताउँछिन् । 

काेदाेकाे फल संगै नल पनि काम लाग्छ । हिउँदभरि गाईवस्तुलाई खुवाउन नल सुकाएर सुरक्षित राखिने किसान चित्र बहादुर परियारले बताउँछन् ।

काेदाे खेतीमा किसानकाे उत्साह देखेपछि नगरपालिका यस कार्यक्रमलाई वडा नं.२ मा पनि विस्तार गर्ने याेजनामा छ । विद्यालय खाजाकाे रूपमा कम्तीमा हप्ताकाे एक दिन रैथाने काेेदाेकाे परिकार खुवाउने, काेदाेकाे बिस्कुट, पाउरोटी लगायतका सामाग्री उत्पादन गर्ने उद्योग स्थापनामा प्राेत्साहन गर्नेे, काेदाेकाे पाैष्ट्रिकता प्रचार गर्ने जस्ता कार्यक्रमहरू ल्याउने नगरप्रमुख दधिराज सुवेदी बताउँछन् । 


सेयर गर्नुहोस