विश्व स्केटबोर्ड च्याम्पियनसिपमा चार खेलाडीले भाग लिने, बालेनले गरे बिदाइ

सेयर गर्नुहोस

१२ माघ, काठमाडौं । आउँदो आइतबारदेखि युएईको शारजहामा हुने विश्व स्केटबोर्ड च्याम्पियनसिपमा नेपालबाट २ महिला र २ पुरुष गरी चार खेलाडीले भाग लिने भएका छन् ।

यस प्रतियोगिता भाग लिने खेलाडीहरुले पाँचौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा बिजेता तथा उपबिजेताहरु बनेका खेलाडीहरु छन् । जसमा पुरुषतर्फ गजेन्द्र बर्देवा र बसन्त राई छन् भने महिलातर्फ समीक्षा राई र पेम्बा श्रेष्ठ छन् ।

त्यस्तै टिम म्यानेजर अजय सारु र प्रशिक्षक उज्ज्वल डंगोल रहेको नेपालल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

स्केटबोर्ड वर्ल्ड च्याम्पियनसिप प्रतियोगिता आगामी पेरिस २०२४ ओलम्पिक क्वालिफाइङ्ग प्रतियोगिता पनि हुने भएकाले यस प्रतियोगितालाई महत्वका साथ लिइएको छ ।

युएई जाने टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले एक कार्यक्रमको बीच बिदाइ गरेका छन् ।

मेयर बालेन्द्र शाहले साहसिक खेलका माध्यमबाट देशले पर्यटन क्षेत्रमा ठूलो योगदान रहने हुँदा यस्ता प्रकारका खेललाई पर्यटकीय खेलका रुपमा प्रवर्द्धन गर्नुपर्ने बताए ।


सेयर गर्नुहोस