आइपुग्यौं हामी आमसन्देश बोकेर…

सेयर गर्नुहोस

सूचना प्रविधिको तीव्र विकासले विश्वलाई एउटै भित्तोमा प्रतिबिम्बित गरेको छ । ईन्टरनेटको सहायताले संसारको जुनसुकै ठाउँमा घटेका घटना क्षणभरमै थाहा पाईन्छ । संचारका साधनहरुको व्यापकताले समाचारको कमी नभएपनि समाजमा तथ्य सूचनामा आधारित सहि सन्देश मात्रै प्रेसित गर्ने हुटहुटी सहित हामी आमसन्देश अनलाईन पत्रिका लिएर हजुरमाझ आएका छौ । सत्य र न्यायप्रति हामी पूर्ण प्रतिवद्ध छौ । तटस्थ पत्रकारिता मार्फत् आम परिवेशको प्रतिनिधि सन्देश लिएर हामी हरदम हाजिर हुनेछौ । हतारमा नदौडने तर गन्तव्य नभुल्ने, जहाँ पायो त्यही नपौडने तर पौडिएपछि गहिराईसम्मको खबर दिने विधि हामी अपनाउँनेछौ । हामीले ४ अंकको न्युन लगानीमा आमसन्देश डट कम शुरु गरेका छौं । लगानी उठाउनका लागि नाफाको पछाडी दौडने झन्झटबाट मुक्त छौ । श्रमजीवी हौं, श्रमजीवीकै हितमा कलम चलाउँनेछौ । बाकीँ हाम्रो पत्रकारिताबाट नै महसुस गर्नुहुनेछ । धन्यवाद् ।


सेयर गर्नुहोस