पाेखराकाे पर्यटन प्रवर्द्धनका लागि न्युजिल्याण्डमा सांस्कृतिक कार्यक्रम
न्यूजिल्याण्डमा पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। पोखराका पर्यटन एम्बासडर डीडीटी रमिल अधिकारीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा २ हजार भन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली कला र संस्कृति झल्काउने विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो, जसमा परम्परागत लाखे नृत्यले विशेष आकर्षण थपेको …