आप्रवासी स्रोत केन्द्रका परामर्शकर्तालाई तनाव व्यवस्थापन तालिम
पोखरा, १७ असोज । सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा परामर्शकर्मीका लागि आयोजित दुईदिने तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको सुरक्षित आप्रवासन कार्यक्रमले आयोजना गरेको तालिम कास्कीको ढिकुरपोखरीस्थित हिमालयन देउराली रिसोर्टमा शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको हो । तालिममा सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला …