नवज्योति आमा समूहकाे पन्ध्रौं साधारणसभा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ

शुक्लागण्डकी नगरपालिका वडा नं. २ गाछेपानी स्थित नवज्योति आमा समूहकाे पन्ध्रौ साधारणसभा शनिबार सम्पन्न भएकाे छ । समूहकी अध्यक्ष सुशीला भुजेलकाे अध्यक्षतामा रूदीखाेला स्थित समूहकाे भवनमा सम्पन्न साधारण सभाले काेषाध्यक्ष बाल कुमारी पाैडेलद्वारा प्रस्तुत बार्षिक आर्थिक प्रतिवेदन पारित गरेकाे छ ।

सभालाई सम्बाेधन गर्दै शुक्लागण्डकी नगरपालिका वडा नं. २ की सदस्य कमला धमला पाैडेलले समाज विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने,आमा समूहहरूलाई स्थानीय सरकारले क्षमता विकासका विभिन्न तालिम मार्फत सहयाेग पुर्याईरहेकाे बताईन् ।

साे अवसरमा समूहले पत्रकार अस्मिता खनाललाई सम्मान गरेकाे छ । पत्रकारिता मार्फत समाजकाे सकारात्मक रूपान्तरणमा याेगदान पुर्याएकाे भन्दै खनाललाई सम्मान गरिएकाे समूहकी सचिव सीता खत्रीले जानकारी दिइन् ।

साधारणसभालाई सम्बाेधन गर्दै पत्रकार खनालले समतामूलक, सभ्य समाज निर्माणमा आमाहरूकाे पहिलाे भुमिका हुने बताईन् । छाेरा र छाेरी बीच खानपान र पढाईलेखाईमा मात्रै समान व्यवहार गरेर नपुग्ने भएकाले अनुसाशन, संस्कार तथा मझेरी देखि मैदान सम्मका सबै काममा बराबरी सहभागी गराउन आमाहरूलाई अनुराेध गरिन् ।

समूहका पूर्व अध्यक्षहरू ईन्दिरा पाैडेल, विन्देश्वरी लम्साल, सुनिता ढुङ्गाना लगायतले समूहकाे प्रगतिकाे लागि शुभकामना व्यक्त गरे ।

२०६६ सालमा स्थापित नवज्योति आमा समूहले महिलाहरूकाे एकता, संस्कृति संरक्षण, समाजिक सेवा लगायतका क्षेत्रमा काम गर्दै आएकाे उपाध्यक्ष मथुरा लामिछाने पन्तले जानकारी दिइन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।