पोखरा, १७ असोज पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनको शनिवार सम्पन्न ४९ औं वार्षिक साधारणसभा तथा २३ औं अधिवेशनले मोतीप्रसाद गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। बि.स.२०३५ सालमा स्थापित बौद्ध अर्घौ सदनको समितिको सचिवमा बिलबहादुर गुरुङ, सदस्यहरुमा बिलबहादुर गुरुङ, पञ्चकुमारी गुरुङ, भुविन्द्रप्रसाद गुरुङ, सपना गुरुङ, लक्ष्मी गुरुङ, ओमप्रसाद गुरुङ, कन्यकुमारी गुरुङ, खिमबहादुर गुरुङ निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक इञ्जिनियर किसान सिंह गुरुङले जानकारी दिए । निर्वाचन समितिमा संयोजक ईञ्जिनियर किसानसिंह गुरुङ, सदस्यहरुमा अधिवक्ता आर्जु गुरुङ र मेजर धनप्रसाद गुरुङ रहेका थिए । नवनिर्वाचित अध्यक्ष मोतिप्रसाद गुरुङले सेवा निवृत्त पश्चात सेवा जुट्नेक्रममा बौद्ध अर्घाैं सदन जस्तो गरिमामय संस्थाको अध्यक्षको जिम्मेवारी प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै विधानतः सदनको कार्यभार आगामी पुस १५ गते, ल्होछारको अवसरमा सम्हाल्ने प्रचलन रहेकोमा आफ्नो कार्यसमिति सक्दो सेवामा जुट्ने साथै विघुतिय शवदाहगृह संचालनका लागि पहल गरिहाल्ने घोषणा गरे ।
यस अघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिङ गुरुङले बौद्ध अघौं सदनको स्थापनाकालदेखिको प्रगतिको प्रसंशाका साथै सदनका अग्रजहरुलाई धन्यवाद व्यक्त गरेका थिए । उनले बौद्ध अर्घौं सदनको स्थापनाकालको उद्धेश्य, आवाश्यकतालाई अहिलेको समय अनुसारको आवाश्यकता अनुसार लक्ष निर्धारण गरी अघि बढ्नुपर्ने सुझाव दिए । कार्यक्रममा संस्थापक अध्यक्ष क्याप्टेन बुद्धिबल गुरुङको स्मृतिमा पुर्व राज्यमन्त्री, धर्मोदय सभाका अध्यक्ष इन्द्रबहादुर गुरुङ जस्तो अग्रजलाई सम्मान गर्न पाउनु एवम उनको प्रेरणामुलक अभिव्यक्ति सुन्न पाउदा अत्यन्तै शौभाग्य सम्झेको बताए । आफु प्रजिअ भई कास्कीमा रहदा पदीय हैसियतले मात्रै नभई तमुहरुलाई कुमानसिंङ गुरुङको नाताले पनि सक्दो सेवामा जुट्ने बताए ।
बौद्ध अघौं सदनका संस्थापक अध्यक्ष क्याप्टेन बुद्धिबल गुरुङ स्मृति सम्मानबाट सम्मानित, बौद्ध धर्मको सेवामा समर्पित, धर्मोदय सभाका अध्यक्ष, पुर्व राज्यमन्त्री स्याङजा पेल्काचौर निवासी विशिष्ट अतिथि इन्द्रबहादुर गुरुङले सदनले आफुलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै तमुहरुको हिन्दु हुदै नभएको दावी गरे । हामी तमुहरुको बौद्ध हौं, पछिल्लो क्रममा केही बोन धर्मका कुरा आए पनि तमुहरु हिन्दु हुदै नभएको जोड दिए । हिन्दु अधिराज्यका नाममा नेपाल र नेपालीलाई हिन्दुकरण गरेर हाम्रा मौलिकता सखाप पारेको, ३८ प्रतिशत अहिन्दु बसोबास गर्ने नेपालमा ९३ प्रतिशत हिन्दु कसरी हुन सक्छ भन्दै हिन्दु राजाबादीका नाउमा तमुवान प्राप्तिको अवसर गुमाउनु परेको उनको भनाई थियो । सम्मानित व्यक्तित्व इन्द्रबहादुर गुरुङको बारेमा बौद्ध अर्घौ सदनका पुर्व अध्यक्ष तथा सल्लाहकार, सम्मानित व्यक्तित्व छनौट समितिका संयोजक शंकर गुरुङले सदनका संस्थापक अध्यक्ष स्वर्गीय क्याप्टेन बुद्धिबल गुरुङको स्मृतिमा अग्रज, बौद्ध धर्मका लागि अतुलनीय योगदान पुर्याएका पुर्व राज्यमन्त्री इन्द्रबहादुर गुरुङको र संस्थापक गुरुङको जीवनी साथै योगदानबारे जानकारी गराएका थिए । सम्मानित व्यक्तित्व इन्द्रबहादुर गुरुङ १ लाख रुपैया, सम्मानपत्र, भाङ्ग्रा, खादा सहितबाट सम्मानित भएका थिए । तमु धिं नेपालकी वरिष्ठ उपाध्यक्ष गीमाया गुरुङले शुभकामना व्यक्त गर्दै शान्ति, सद्भाव, एकता, सँस्कार सँस्कृतिका लागि बौद्ध अर्घौ सदनको भुमिको प्रसंशा गर्दै सबै तमुहरु एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिए । सम्पुर्ण क्षेत्रिय तमुहरुको तर्फबाट सोंपाल तमु समाजकी अध्यक्ष सावित्री गुरुङले शुभकामना व्यक्त गर्दै समय, अनुशासन, निरन्तर क्रियाशिलताका लागि बौद्ध अर्घौ सदनको प्रसंशा गर्दै बौद्ध अर्घौ सदनको विकासका लागि सोंपाल लगायत तमु समाजहरुको योगदानको बारेमा प्रष्ट पारेका थिए । शुभकामना व्यक्त गर्दै धर्मोदय सभा कास्कीका पुर्व सचिव प्रकाशभान गुभाजुले बौद्ध दर्शनलाई व्यवहारमा कार्यन्वयन गरिए शान्ति र सभ्य समाज निर्माण हुने बताए । सबै बौद्धवलम्वीहरुको एकतामा जोड दिदै बौद्ध अर्घौ सदन ऐतिहासिक संस्थाको रुपमा अधिवढिरहेको बताए । साधारणसभा तथा अधिवेशनमा सचिब बिलबहादुर गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भविन्द्र गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सदस्य बिलबहादुर गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो । बौद्ध अर्घौ सदनका अध्यक्ष रुद्रबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोतिप्रसाद गुरुङ र संचालन सचिव बिलबहादुर गुरुङले गरेका थिए ।