पोखरा-१४ पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा महानगरपालिका–३०, देउराली खोला क्षेत्रमा आज २१ औँ रोपाइँ महोत्सव सम्पन्न भएको छ । नेपालीको मौलिक परम्परा, संस्कृति र कृषि जीवनशैलीलाई संरक्षण गर्दै कृषिमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत २१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव पोखराको पहिचान र आकर्षणलाई अझ सशक्त बनाउने महत्वपूर्ण अभियान हो । यस महोत्सवलाई सफलतापूर्वक निरन्तरता दिँदै आएको पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका–३०, कृषि सञ्जाल तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई पोखराका मेयर धनराज आचार्यले धन्यवाद तथा बधाई दिएका छन् । यस अवसरमा सम्मानित हुने सम्पूर्ण कृषकहरुलाई विशेष बधाई तथा शुभकामना व्यक्त गरे ।
समारोहमा हिले दौड, हिलोमा माछा छोप्ने लगायत विविध कार्यक्रम सम्पन्न भएको हो ।