पोखरा, १७ असोज धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको ११ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पुनः रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । पोखरामा सम्पन्न साधारणसभा तथा अधिवेशनले पोखरा महानगरपािलका वडा नंं ११ स्थित काँहुडाडामा धार्मिक पर्यटनको केन्द्रका निर्माणका लागि स्थापित संस्थाको उपाध्यक्षमा भरत राज शाक्य, सचिवमा पुर्ण लामा, सहसचिवमा हुमबहादुर गुरुङ, कोषाध्यक्षमा श्याम शाक्य, सदस्यहरुमा मेजर लक्ष्मीप्रसाद गुरुङ, पञ्चकुमारी गुरुङ, नरेन्द्रमान लालचन लगायत चयन भएको निर्वाचन समितिका संयोजक तथा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सल्लाहकार शंकर गुरुङले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सल्लाहकार गुरुङले धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको योजना, उद्धेश्य अति नै राम्रो भएता पनि पटक पटकको प्राविधिक र प्रसासनिक कार्यले देखिने काम हुन नसकेकोमा नयाँ कार्यसमितिले छिट्टै कार्य प्रारम्भका लागि जोड दिनुपर्ने बताए । साधारणसभा तथा अधिवेशनमा सचिव पुर्ण लामाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्याम शाक्य र सचिव पुर्ण लामाले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भरतराज शाक्य र संचालन सचिव पुर्ण लामाले गरेका थिए ।