तनहुँ । तिहारमा सयपत्री फूल बिक्रि गरेर शुक्लागण्डकीका किसानहरूले साढे ९ लाख बढि आम्दानी लिन सफल भएका छन् । शुक्लागण्डकी नगरपालिकाले दिएकाे जानकारी अनुसार तिहारमा मात्रै हाटबजार र स्थानीय बजारमा गरि २७ सय ६० केजी सयपत्री बिक्रिबाट ९ लाख ५३ हजार ७५० रूपैयाँ आम्दानी भएकाे छ। जसमध्ये मुक्ति सिग्देलले सबैभन्दा बढि ६८५ केजी फूल बिक्रि गरेका छन् । नगरपालिकाले हाटबजार व्यवस्थापन गर्दै आएकाे खैरेनीटार महिला बहुउद्देश्यीय सहकारी संस्था र स्थानीय किसानहरूसंग छलफल गरि प्रतिकेजी ३५० रूपैयाँ मूल्य ताेकेकाे थियाे । नगरपालिकाका अनुसार १४ जना भन्दा बढि किसानले सयपत्रीकाे व्यवसायिक खेती गरेका थिए । बजारीकरणमा हाटबजार र नगरपालिकाकाे सहजीकरणले सहयाेग पुगेकाे किसान मञ्जु श्रेष्ठले बताइन् । यद्यपि फूलकाे मूल्यमा उनी सन्तुष्ट छैनन् । आउँदा दिनहरूमा बजारीकरण संगै उचित मूल्य र किसानका अन्य समस्याबारे पनि नगरपालिकाले चासाे राख्नुपर्ने उनकाे सुझाव छ।