लेखनाथ/चैत्र ०८
एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेको हो ।
विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले बित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नु पर्नेमा जोड दिए । अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती र डिजिटल बैंकिङका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट वडाले सहकार्य गर्न सक्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा एनआईएमबी बैंक लिमिटेड अर्घौ शाखाका प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्व अर्न्तगत विद्यार्थीलाई पोशाकमा सहयोग गरेको उल्लेख गरे ।
विद्यालय व्यवस्थपन समितिका निवर्तमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, निमित्त प्रधानाध्याक राजेन्द्र शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन विद्यालयका शिक्षक नवराज अधिकारीले गरेका थिए ।