कृष्णलाई वडा नं. २६ को साहसी युवा प्रोत्साहन सम्मान , पचास हजार राशी, दोसल्ला र सम्मान पत्र सहित साहसी युवा प्रोत्साहन सम्मान प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा महानगरपालिका वडा नं. २६ ले अपाङगको अधिकारका क्षेत्रमा आवाज उठाएका कृष्ण थापालाई साहसी युवा प्रोत्साहन सम्मान प्रदान गरेको छ । वडा नं. २६ निवासी थापालाई शनिवार वडाको योजना अनुगमन पछि आयोजित समिक्षा कार्यक्रममा पचास हजार राशी, दोसल्ला र सम्मान पत्र सहित साहसी युवा प्रोत्साहन सम्मान प्रदान गरीएको हो । पोखरा २६ निवासी सगरमाथा आरोही एवं वडा रत्न स्व विनोद वावु बस्ताकोटीको स्मरणमा स्थापित साहसी युवा प्रोत्साहन थापालाई प्रदान गरिएको हो । थापालाई सम्मान गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले अपाङग् भएपनि अधिकारको क्षेत्रमा सुझबुझ र अब्बल रहेको बताउँदै उनलाई सम्मान गर्न पाउँदा गौरब महसुस भएको बताए । पत्रिका बिक्री गरेर जिविकोपार्जन गदै, आएका थापाले सार्वजनिक सवारी साधन प्रयोग गर्दा पाएको सास्तीलाई मुद्दा बनाएर अपाङग भएका व्यक्तिको अधिकारका लागि आवाज उठाएका थिए , योजनाको नागरिक अनुगमन तथा समिक्षा कार्यक्रममा बोल्दै वडा नं. २६ अध्यक्ष नरेन्द्र थापाले आफ्नो कार्यकालमा झण्डै एक अर्व रुपैयाका योजना कार्यन्वयन भएको बताए । अध्यक्ष थापाले आफुले जनचाहना अनुरुप काम गरेको उल्लेख गर्दै, यदी जनताले थप जिम्मेवारी दिए आफुले इमान्दारिताका साथ बहन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो कार्यकालमा भएका राम्रा र नराम्रा कामको जस आफुले लिने उल्लेख गर्दै, वडा नं. २६ का जनताको शिर झुक्ने गरी कुनै पनि गलत काम नगरेको बताए  । कार्यक्रममा वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल, सुनार, तिर्थ बहादुर राजभाट, सुदिपराज ढुंगानाले योजना अनुगमनपछि कामको मुल्यांकन गरिदिन आग्रह गरेका थिए । लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले चार बर्षको समयमा वडाले भौतिक विकासको क्षेत्रमा उल्लेखनिय उपलब्धी हासिल गरेको बताए । सुचना अधिकारी नवराज सापकोटाले चालु आ.ब. को असार २० गतेसम्मको योजना तथा कार्यक्रमको प्रगती बिवरण पेश गरेका थिए । कार्यक्रम वडा सचिव लिलामिण भण्डारीले संचालन गरेका थिए । पोखरा २६ का विभिन्न संघसंस्थाका प्रतिनिधि सहित करिव दुई जनाको समूहले वडामा भएका विकास निर्माणका कामहरुको अनुगमन गरेका थिए । वडा नं. २६ मा चालु आ.ब. मा झण्डै बिस करोडका योजनाहरु कार्यन्वयन भएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।