दुलेगौँडा ।
इन्टरनेट सेवा प्रदायक कम्पनी डि. जि लिंक नेटवर्क प्रा.लि. १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ । २०७१ साल जेठ २२ गते शुक्लागण्डकी क्षेत्रबाट सेवा सुरु गरेको कम्पनीले आज आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विपिन वाग्ले, प्रबन्ध निर्देशक विवेक वाग्ले र अप्रेसन डाइरेक्टर मदन केसीले ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ परिष्कृत, तीव्र गतिको र गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएका छन् ।
यस कम्पनीले हाल गण्डकी र लुम्बिनी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा र पाल्पा जिल्लाहरूमा सेवा विस्तार गरिसकेको छ ।
अत्याधुनिक जीपोन एफटिटिएच फाइबर प्रविधिमार्फत ग्राहकको घरमा इन्टरनेट पुर्याइरहेको छ ।
उपभोक्ताको आवश्यकता अनुसार १००, १५०, २०० र ३०० एमबीपीएसका उच्च गतिको इन्टरनेट प्याकेजहरू उपलब्ध गराएकाे डिजी लिङ्कले जनाएकाे छ ।
शुक्लागण्डकीको दुलेगौंडामा मुख्य कार्यालय रहेको डि. जि लिंकको भिमाद र घिरिङको पुट्टारमा सम्पर्क कार्यालय रहेका छन् । कम्पनीले आगामी दिनमा आफ्नो नेटवर्कलाई थप दुर्गम क्षेत्रहरूमा समेत विस्तार गर्ने लक्ष्य राखेको बताएकाे छ ।