गण्डकी प्रदेश सरकारकाे मन्त्रीपरिषद् परिवर्तन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा

गण्डकी प्रदेश सरकारकाे मन्त्रीपरिषद् हेरफेर भएकाे छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुराना मन्त्रीहरू हटाएर सिफारिस गरेका ८ जना नयाँ मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष बुधबार पद तथा गाेपनियताकाे सपथ लिए  । 

नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्री र भीमबहादुर कार्कीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट जित बहादुर शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुँदै सपथ लिए ।

यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए ।

त्यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेल मन्त्री रहेका थिए ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।