तनहुँ ।
गाउँ सेवा कोष तनहुँले भानु–घाँसी सम्मान–२०८२ बाट कृषि उद्यमी कल्पना गाैलीलाई सम्मानित गरेकाे छ । शुक्रबार दमाैलीमा एक समाराेहकाे आयाेजना गरि काेषले माँ अम्बे अलाैकिक कृषि फार्मका सञ्चालक गाैलीलाई ११ हजार नगद राशी सहित 'भानु–घाँसी सम्मान २०८२' प्रदान गरेकाे हाे।
व्यास नगरपालिका वडा नं. ५ ढाेडेनीमा ड्रागन फ्रुटकाे व्यवसायिक खेती गरि राष्ट्र भर नै सम्वृद्धिकाे उदाहरण प्रस्तुत गरेकाे भन्दै काेषले गाैलीलाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा व्यासका अध्येता एवं वरिष्ठ साहित्यकार काशीनाथ न्यौपाने, कोषका अध्यक्ष श्यामसुन्दर अधिकारी र सदस्य सचिव रामजी अधिकारीले संयुक्त रूपमा गाैलीलाई सम्मानपत्र प्रदान गरे ।
शिक्षण, व्यापार हुँदै कृषि उद्यममा क्रियाशील गाैलीकाे जीवन देशभरिकै किसान तथा महिलाहरूकाे लागि प्रेरणा भएकाे कार्यक्रममका वक्ताहरूले बताए ।