पोखरा, साउन ३१ गाउँमा बाँदरले आंतङक मच्चायो, फलफुल तरकारी केही बाँकी राखेन, हाईवये पराकिलो भयो बाटो काट्न मुश्किल भयो, अन्डर पास र आकासेपुल हुन चाहियो, राती हिड्न सकिएन भित्री सडकमा बत्ती बाल्दीन पर्यो भन्दै नागरिकले स्थानीय वडा सरकारलाई प्रश्न गरेका छन् । पोखरा महानगरपालिका वडा नंं २६ ले शनिवार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक यत्तिमा मात्रै रोकिएनन् उनिहरुले कुकुरको विगविगी नियन्त्रण गर्न समेत माग गरे । घरपालुवा कुकुर डोराएर हिड्ने नागरिकले अर्काको घर अगाडी दिशा पिसाव गराउँदे गरेको भन्दै नियन्त्रणको माग गरेका हुन । उनिहरुले पृथ्वीराजमार्गको स्तरोेन्नतीसँगै सडक फराकिलो हुँदा सडक दुर्घटना बढेको भन्दै अण्डरवाईपास र आकासेपुल निर्माणका लागि पहल गरिदन समेत माग गरेका छन् । सडकको मुख्य मुख्य चोकमै पैदल बाटो काट्ने यात्रुहरु जोखिममा परेको भन्दै उनिहरुले यस्तो माग गरेका हुन । राजमार्गको डुम्रेदेखी पोखरासम्मको सडकमा कुनैपनि ठाउँमा अण्डरवाईवास र आकासेपुल निर्माण गरिएको छैन । लेखनाथ क्लवका अध्यक्ष समेत रहेका बालगोपाल श्रेष्ठले गाडी तिव्र गतिमा आउँदा जेव्राक्रसले पनि यात्रुको सुरक्षा गर्न नसकेको उल्लेख गर्नु भयो । उहाले राजमार्गका सवै बजार चोकमा समस्या परेको आवाज उठाउनु भयो । सार्वजनिक सुनुवाइमा जवाफ दिदै वडा अध्यक्ष नरेन्द्र थापाले राजमार्ग निर्माणका लागि डिजाईन गर्ने समयमै सवारी चाप र जनघनत्वको आकलन नगर्दा यस्तो समस्या आएको उल्लेख गर्दै, सुरक्षित यात्राका लागि आवश्यक उपायका बिषयमा आयोजनासँग छलफल गरिने बताउनु भयो । अध्यक्ष थापाले नागरिकले कुकुरलाई आफ्नो बुवा आमा भन्दा पनि प्यारो गरी पाल्ने तर डुलाउने नाउँमा अर्कालाई असर पर्ने गरी दिशापिसाव नगराउन आग्रह गर्नु भयो । टोल विकास संस्था मार्फत घरपालुवा कुकुरको तथ्यांक राखिने समेत अध्यक्ष थापाले बताउनु भयो । सडकबत्तीका लागि ३० लाखको टेण्डर भएको भन्दै, अध्यक्ष थापाले उज्यालो वडा कार्यक्रम मार्फत सम्वोधन गरिने बताउनु भयो । सार्वजनिक सुनुवाइमा आएका हरेक प्रश्नको जवाफ दिदै अध्यक्ष थापाले वडाका नागरिकका लागि भौतिक पूर्वाधार मात्र नभई, क्षमता विकास, बालबालिकाका लागि वडाध्यक्षसँग बालबालिका, बुक फ्रि डे, जस्ता कार्यक्रम संचालन गरिएको बताउनु भयो । नागरिकले सार्वजनिक जग्गा संरक्षण, तीन वटा ताल खाष्टे , गुँदे र न्यूरृेनीको मापदण्डलडाघरखर्चका लागि जग्गा बेच्न नपाएको समेत गुनासो गरेका थिए । अध्यक्ष थापाले सहभागीहरुले उठाएको प्रश्नकको जवाफ दिदै, करोडौंका योजना सम्पन्न हुँदा पनि नागरिकको सन्तुष्टीको मापन साना साना योजनाले गर्ने गरेको बताउनु भयो । वडाका पहाडी भागका नागरिकले वाँदर आंतक नियन्त्रण गर्न माग गरेका थिए । उनिहरुले बाँदरले घरका भाँडा समेत बोकेर हिड्न थालेका उल्लेख गरे । फलफुल र तरकारी वादरले सखाप पारेको भन्दै हेरालो राखीदिन आग्रह गरे । बाँदर आंतक रोक्न सरकारले विशेष कानून र व्यवस्था गर्न वडा सदस्य सुदिपराज ढुंगानालेृ माग गर्नु भयो । वडा सदस्य तिर्थबहादुर राजभाटले सुकुम्वासीका नाउँमा वडाकै एक नागरिकलाई तत्कालिन भूमि आयोगको जिल्ला समितिले गलत निर्णय गर्दा आफुहरुलाई नगरेको कामको गलत र चरित्रहत्या गरिएको बताउनु भयो । वडाका सूचना अधिकारी नवराज सापकोटाले गत आ.ब.मा वडामा भएका सेवा प्रवाह र विकास निर्माणका बारेमा प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा सदस्य सुजता सुनार, लक्ष्मी देवी भट्टराई, वडा सचिव लिलामणि भण्डारी, लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा, शिशुवा अस्पातालका अध्यक्ष बाबुराम गिरी लगायतले नागरिकका गुनासा सम्वोधन गर्ने प्रतिवद्धता गरेका थिए ।