पोखरा ।
गुरूङ समुदायकाे ऐतिहासिक सांस्कृतिक पर्व ट्हाेटेँ आज पाेखरामा मनाइएकाे छ। चैत महिनाको अन्तिम मंगलबार, गुरुङहरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका हुन् ।
गुरुङ (तमु) जातिले विगतमा आफ्नो ट्हो अर्थात् राज्य सुरक्षाका लागि चैत र साउन महिनाको अन्तिम मंलवारमा ट्होटें पर्व मनाउँछन् । बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको इतिहास भएको मानिन्छ । ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
ट्होटेंको अवसरमा तमु धिँ नेपालकाे आयाेजनामा पाेखरामा झाँकि सहितका विभिन्न कार्यक्रमहरू गरिए ।
ट्हाेटेँकाे अवसरमा घाँटु, सोरठी, झोडा, चुट्का, प्रदर्शन लगायतका कार्यक्रम गरिएको आयोजकले जनाएको छ।