षोडश संस्कार र चाडपर्व’ पुस्तक विमोचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, १७ असार / षोडश संस्कार र चाडपर्व पुस्तक विमोचन विमोचन भएको छ । पुस्तकको केदारेश्वर वैदिक गुरुकुलका पिठाधीश डा. चित्घन चैतन्य महाराजले गरे । धर्मशास्त्र आचार्य गंगाधर तिमिल्सिनाले लेखेको पुस्तक ‘षोडश संस्कार र चाडपर्व’ विमोचन गर्दै पिठाधीश चैतन्यले सनातन वैधिक धर्मालम्बीहरुले बेदको आदेशमा चल्नु पर्ने बताए । उनले वैधिक धर्मालम्बीको मुल आधार बेद भनेको भन्दै बेदमा संस्कार र आचरणका बारेमा उल्लेख भएको बताए । उनले ‘षोडश संस्कार र चाडपर्व’ पनि मानिस जन्मेदेखी मृत्यु सम्म गर्नु पर्ने संस्कारका बारेमा लेखिएको पुस्तक भएको बताए । उनले आचरण नै जीवन भएको र संस्कार नै धर्म भएको उल्लेख गरे । उनले अरु ठुला ठुला पुस्तकहरु संस्कारका नाम प्रकासन भए पनि समाजमा संस्कार र आचरण हराउदै गएको बताए । उनले यो पुस्तकका लेखक संस्कार र आचरणमा रहेपनि उहाँका कति पुस्ता सम्म संस्कार र आचरणमा रहन सक्छन् भने कुरा महत्वपूर्ण रहने बताए । कार्यक्रममा बाल्मिकी क्याम्पसका सहप्रध्यापक विश्वनाथ दवाडीले पुस्तकको समीक्षा गर्दै मानव जीवनका महत्वपुर्ण १६ संस्कार पुस्तकमा सरल भाषामा उल्लेख गरेको बताए । उनले गृहसूत्रमा ५६ संस्कार सम्म वर्णन गरेपनि मानव जीवनमा १६ संस्कारको महत्वपुर्ण भुमिका हुने बताए । उनले हिन्दु सनातनी संस्कारल मनी आएका हाम्रा परम्परालाई शास्त्र सम्मत प्रमाणित गरी त्यसको महत्व वर्णन गरिएको बताए । पुस्तक मानवको जीवनोपयोगी। बौद्धिक, धार्मिक, नैतिकता संस्कार आचरणको सान्दर्भिक रहेको बताए । कार्यक्रममा पुस्तकका लेखक गंगाधर तिमिल्सिनाले मानव जीवनलाई उत्कृष्ट बनाउन पुस्तक उपयोगि रहेको बताए । उनले पुस्तकमा गर्भाधान संस्कार, पुंसवन, सीमन्तोन्तरयन संस्कार, नामकरण संस्कार, चूडाकर्म संस्कार, वेदारम्भ संस्कार लगाएतका संस्कार र नेपालीहरु मनाउने प्रमुख चार्ड पर्वका बारेमा उल्लेख गरेको बताए । पञ्चासे प्रज्ञामञ्चको संयोजनमा भएको कार्यक्रममा पञ्चासे प्रज्ञामञ्चका उपाध्यक्ष नारायण प्रसाद गौतमले तिमिल्सिनाका एउटा कृति प्रकासन भएका अन्य कृतिहरु पनि लेखन कार्य भइसकेकाले छिटै प्रकासन हुने बताए । कार्यक्रममा बैकुण्ठ तिमिल्सिनाले पुस्तक प्रकासनका बारेमा बताउदै मानव जीवनलाई उपयुक्त भएका कारण प्रकासनमा ल्याएको बताए । ८५ पुष्ठको पुस्तकमा १६ संस्कार र चार्डपर्वका बारेमा उल्लेख गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।