रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत बालेन्द्र शाह, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पराजित गर्दै झापा ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८ हजार ७३४ मत ल्याएका छन् । बालेनले ओलीलाई ४९ हजार ६१४ को विशाल मतान्तरले पराजित गरेका हुन् ।
बालेनको यो विजयले उनको प्रधानमन्त्रीको यात्रा निश्चित गरेको छ ।
त्यसैगरी,
नवलपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार मनिष खनाल भारी मतका साथ विजयी भएका छन् । २६ वर्षीय खनाल २५ हजार ५९२ मतान्तरका साथ विजयी भएका हुन् । खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।
यो संगै रास्वपाको हालसम्म ६४ स्थानमा जित, ५७ स्थानमा अग्रता रहेको छ । त्यस्तै दोस्रो,तेस्रो र चौथोमा क्रमश नेपाली काँग्रेसको १० स्थानमा जित, ११ स्थानमा अग्रता रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी एमालेको ३ स्थानमा जित, ८ स्थानमा अग्रता रहेको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीको ३ स्थानमा जित, ४ स्थानमा अग्रता रहेको छ । राप्रपा ले १ स्थानमा जित हाँसिल गरेको छ भने श्रम संस्कृति पार्टीको ३ स्थानमा अग्रता रहेको छ । स्वतन्त्र तर्फ १ सिट जीत भएको छ ।