विजयपुर खोलामा बगेका दुई बालकको खोजी कार्य जारी ​

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, साउन ३१ पोखरा १४ स्थित विजयपुर खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई बालकको खोजी कार्य सशस्त्र प्रहरी बल नेपालले तीव्र पारेको छ । ​साउन ३० गते दिउँसो साढे १२ बजे भोटेचौताराबाट ह्याप्पील्यान्डतर्फ जाने क्रममा विजयपुर खोलाले बगाएका पोखरा-१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङ र खोटाङ घर भई पोखरा-१४ चाउथे बस्ने १५ वर्षीय ओमन राईको खोजी भइरहेको जनाएको छ । ​घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरीको टोली खटिएर करिब २ किमी तलसम्म खोजतलास गरे पनि शुक्रबार फेला पार्न सकिएको छैन । शनिबार बिहान ९ बजेदेखि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीका सशस्त्र प्रहरी निरीक्षक (सप्रनि) साजन श्रेष्ठको कमाण्डमा ११ जनाको गोताखोर तथा रोप रेस्क्यु टोली आवश्यक सामग्रीसहित थप सम्भावित स्थानहरूमा खोजीमा जुटिरहेको सशस्त्र प्रहरीले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।