आहा रारा गोल्ड कप माघ २७ देखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा

२५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले अखिल नेपाल फुटबल संघ एन्फाबाट समय तालिका प्राप्त भएको जानकारी दिए ।
थापाले क्लवले प्रतियोगिताको तयारी शुरु गरेको जानकारी दिएका छन् । प्रतियोगितामा केही विदेशी टोलीले पनि भाग लिने भए पनि टुंगो लागिनसकेको उनले बताए ।
सहारा क्लब पोखराले २०५८ सालबाट पोखरा रंगशालामा निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको छ ।
आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको संरक्षक पोखरा महानगर पालिका, विशेष सहयोग राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सहउपप्रायोजक पोखरा महानगरपालिका वडा नम्बर ९ रहेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।