तनहुँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) म्याग्दे गाउँपालिकाको अध्यक्षमा रेनुका विश्वकर्मा चयन भएकी छन् । बिहिबार सम्पन्न सम्मेलनले विश्वकर्माकाे अध्यक्षतामा ३१ सदस्यीय गाउँ कार्यसमिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षहरुमा रिममाया थापा सारु, सुनिता अधिकारी र राधिका विश्वकर्मा रहेका छन्। सचिवमा बसन्ती सारु, सहसचिब द्वयमा कल्पना रेग्मी र सोमिना श्रेष्ठ तथा कोषाध्यक्षमा राममाया बस्याल चयन भए।
सदस्यहरुमा दिपा सुनार, सिता विश्वकर्मा, बिष्णुमाया क्षेत्री, गिता सुनार, लालुमाया विश्वकर्मा, शोभा विश्वकर्मा, किर्ति श्रेष्ठ, सरिता श्रेष्ठ, नरिमाया परियार, निर्मला शदाशंकर, सुकमाया नेपाली, रोशनी विश्वकर्मा, दिलामाया विश्वकर्मा, पुष्पा रानामगर, सस्ती कोइराला, पार्वति थापा र तुलसी परियार रहेका छन् ।
जमुना अधिकारीको अध्यतामा सम्पन्न सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य आशा कोइराला, प्रदेश समिति सदस्य म्याग्दे गाउँपालिका इन्चार्ज दिल बहादुर नेपाली, पार्टीका गाउँपालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ, संघका जिल्ला अध्यक्ष देवि बुर्जा मगर लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।