बस र माेटरसाईकल ठाेक्किदा १ जनाकाे मृत्युु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पृथ्वीराजमार्गकाे दमाैली पाेखरा सडकखण्ड अन्तर्गत खैरेनीटार कुम्लेखाेला नजिकै बस र मोटरसाईकल आपसमा ठाेक्किदा १ जनाकाे मृत्यु भएकाे छ । सोमवार स्याङ्जाबाट नारायणगढकोलागि छुटेको ना ५ ख ६८५३ नम्बरकाे बस र दमौलीबाट खैरेनीटारतर्फ आउदै गरेको त्र २०३०१६ प ०२३३ नम्बरकाे मोटरसाइकल कुम्लेखोला नजिकै ठक्कर खादा माेटरसाइकल चालक शुक्लागण्डकी–७, खैरेनीटारका २६ वर्षिय विवेक विश्वकर्माकाे मृत्यु भएको हो । 

बस र चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलचाैताराले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।