तनहुँ।
महाशिवरात्रीको अवसरमा शुक्लागण्डकी नगरपालिका २ स्थित मुक्तिनाथ च्यवनधाममा आयोजित भजनकीर्तन प्रतियोगितामा महेश्वर खनाल भजन समूह प्रथम भएको छ।
१२ समूह सहभागी प्रतियोगितामा पहिलो बनेको कोत्रेको महेश्वर खनाल भजन समूहले ५१ हजार रुपैयाँ पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेको हो ।
७ औं संस्करणको भजन प्रतियोगितामा कास्कीको पन्चासे भजन समूह र धर्मस्थली भजन समूह, पर्स्याङले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे। उनीहरूले क्रमशः २५ हजार र १५ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरे।
यस्तै सान्त्वना स्थान हासिल गर्ने जुरेथुम बाल भजन समूह, शुक्लागण्डकी २ र शिशुवा सत्सङ समहले ५/५ हजार रुपैयाँको साथमा प्रमाणपत्र हात पारे ।
च्यवनधामले महाशिवरात्रिको अवसरमा हरेक वर्ष धार्मिक अनुष्ठान सँगै भजन प्रतियोगिता आयोजना गर्दै आएको अधक्ष्य होमनाथ लम्सालले जानकारी दिए।