एन पि एस फुटबलमा राधा र आदर्शको विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुलेंगौडा। 

शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा नेपाल पुलिस स्कुलको आयोजनामा बुधबार सुरु भएको नेपाल पुलिस स्कुल एनपिएस कप अण्डर १६ छात्र फुटबल प्रतयोगितामा नेपाल आदर्श मावि कास्की र राधा मावि जामुनेले वियजी सुरुवात गरेका छन् । 

गण्डकी प्रदेश स्तरीय अन्तर विद्यालय अण्डर सिस्टिन छात्र फुटबल प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भए । पहिलो खेलमा दुलेगौडाको पञ्चमुनीदेव माध्यमिक विद्यालय कास्कीको नेपाल आदर्श माविसँग ट्राइब्रेकरमा पराजित भयो । निर्धारित ६० मिनेटसम्म कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । 

यस्तै दोस्रो खेलमा खैरेनीटारको सुर्योदय इंलिस बोर्डिङ स्कुललाई ५–०ले पराजित गर्दै म्याग्दे गाउँपालिका स्थित जामुनेको राधा माविले वियजी सुरुवात गरेको छ । राधा माविलाई जिताउन अल्विन रानाले २ तथा सुशान रानाभाट, एमडि बराल र आशिष कुमान समान एकरएक गोल गरे ।

प्रतियोगितामा तनहुँका कास्कीका १६ विद्यालय सहभागि रहेका छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।