होराइजन क्लब आदर्श कप फुटबलको अघिल्लो चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेखनाथ ।‌

कास्कीको लेखनाथमा शुक्रबारदेखि सुरु भएको २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलबाट स्याङ्गजाको होराइजन क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ।

होराइजन क्लबले आयोजक आदर्श युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। होराइजनका जर्सी नं. १७ का खेलाडी विश्व थापाले खेलको ८१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

आदर्श युवा क्लबको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत आइतबार पर्वतको गन्नी एफ.सी. र तनहुँ जिल्ला फुटबल संघबीच खेल हुने आयोजकले जनाएको छ।

शनिबारको खेलमा निर्णायक गोलकर्ता विश्व थापा म्यान अफ द म्याच घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।