सामाजिक सञ्जाल माथिकाे प्रतिबन्ध र भष्ट्राचार विरूद्ध सडकमा उत्रिएकाे जेनजी समूहका १४ जनाकाे मृत्यु भएकाे छ। काठमाडौंमा भएकाे जेनजी पुस्ताकाे आन्दोलनका क्रममा साेमबार दिउँसाे उनीहरूकाे मृत्यु भएकाे हाे ।
सिभिल अस्पतालमा तीन जना, ट्रमा सेन्टरमा ७ जना, एभरेस्ट अस्पतालमा ३ जना र केएमएसी अस्पतालमा १ जना गरी १४ जनाको ज्यान गएको हाे । घाईते हुनेहरूकाे एकीन विवरण छैन ।
प्रदर्शन राेक्न सरकारको कर्फ्यु आदेश जारी गरेकाे भएपनि प्रदशन राेकिएकाे छैन ।
पाेखरा, चितवन, बुटवल लगायत देशका विभिन्न शहरमा पनि जेनजी प्रदर्शन भएकाे छ । पाेखरा र चितवनमा पनि प्रदर्शनकारी माथि गाेली हानिएकाे छ । केही घाईते भएका छन् ।