लागू औषधसहित दुई व्यक्ति पोखराबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, साउन १७ गते  कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ५, पर्स्याङबाट लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा कास्की जिल्ला प्रहरी कार्यालय अन्तर्गत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लागू औषध कारोबार भइरहेको आशंकामा अनुसन्धान गर्दा १२९ एम्पुल लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. ११ का २४ वर्षीय सुरज सहानी र जिल्ला म्याग्दी, घताङ गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा म.न.पा. वडा नं. ५ बसोबास गर्दै आएका ३२ वर्षीय सुसिल परियार रहेका छन् । उनीहरुको कोठाबाट डाइजोपाम – ४३ एम्पुल, फेनेर्गन – ४३ एम्पुल, र आइ.पि.पि.एल. लेखिएको – ४३ एम्पुल गरी जम्मा १२९ एम्पुल लागू औषध र दुई थान मोबाइल बरामद गरेको छ । पक्राउ परेकामाथि लागू औषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।