मान्छे होईन व्यवस्था बदल्ने गरि भोट दिन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भष्ट्रचारको अन्त्य गर्न व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् । गणतन्त्रमा दलहरुको मनोमानी हावी हुने भएकाले भष्ट्राचार नियन्त्रण सम्भव नभएको भन्दै उनले राजतन्त्र आवशयक भएको जिकिर गरे । चुनाव प्रचारप्रसारको लागि पोखरा आएका राप्रपा अध्यक्ष लिङ्देनले मान्छे बदलिदैंमा भष्ट्राचार अन्त्य नहुने भएकाले व्यवस्था नै बदल्नुपर्ने तर्क गर्दै राप्रपालाई भोट दिन आग्रह गरेका हुन् । एमाले, काङ्ग्रेस, माओवादीको विकल्प रास्वपा नभएको उनको भनाई छ । उनले अगाडी भने ‘तपाईले गणतन्त्र नै मन पराउने हो, धर्म निरपेक्षता नै मन पराउने हो, संघीयता नै मन पराउने हो भने प्रचण्डलाई भोट दिनुस्, होईन गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले देशलाई बर्बाद गर्यो भन्ने लाग्छ भने त्यसको विकल्प त राप्रपा हो भनेर हामीले भन्यौ । तर केही दिदीबहिनी, दाजुभाई घण्टीपार्टी नयाँ हो, विकल्प हो भनेर भनिरहेको म सुन्छु यो होईन, काङ्ग्रेस, एमाले, माओवादीको विकल्प घण्टीपार्टी होईन’ मतदाताले कुनै पनि दल वा उम्मेदवारको नीति, विचार र पृष्ठभूमि बुझेर मात्र मतदान गर्नुपर्ने उनले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।