फेदीखोला रामकोटमा प्रथम राष्ट्रिय कोदो दिवस कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फेदिखोला, साउन १६ गते । “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार”  भन्ने मूल नाराका साथ स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं १ रामकोटमा प्रथम राष्ट्रिय कोदो दिवस  भव्यताका साथ सम्पन्न भएको छ ।
फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष,संस्थापक उपाध्यक्ष,जिल्ला समन्वय समिति सदस्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरु, गाउँ सभा सदस्यहरु, राजनैतिक दलका प्रतिनिधिहरु, टोल सुधार समितिका अध्यक्ष तथा पदाधिकारीहरु, रामकोट तमु समाजका अध्यक्ष तथा प्रतिनिधि, रामकोट सामुदायिक होमस्टेका सन्चालक समितिहरु, स्थानीय आमा समूहहरु र स्थानीयहरुको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा कोदो रोपेर तथा कोदोबाट निर्मित खाद्य प्रदर्सन गरिएको थियो ।  
 
कोदो दिवसको अवसर पारि गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुले कोदोको महत्वका विषयमा छलफल गरि दिवा खाजाको रुपमा आजकै दिनबाट कोदोजन्य परिकारहरु शुरुवात गरिएको जनाईएको छ । 

नेपालमा उत्पादन हुने खाद्य वालीहरुमध्ये कोदो उत्पादन र खेती गरिएको क्षेत्रफलको आधारमा चौथौँ  खाद्यन्न तथा फेदीखोला गाउँपालिकाको तेस्रो प्रमुख खाद्यन्न तथा पोषण सुरक्षाको हिसाबले महत्वपुर्ण वाली, वातावरणमैत्री वाली हो । 

फेदीखोला गाउँपालिकाको स्थानीय पाठ्यक्रमको कक्षा ६ मा ( हाम्रो फेदीखोला पुस्तकमा) समेत “कोदोः बहुउपयोगी खाद्यन्न” भन्ने पाठ्यवस्तु शैक्षिक शत्र, २०७७ देखि अध्ययन अध्यापन गराइदै आएको बताईएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।