तनहुँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी), शुक्लागण्डकी नगर समितिकाे अध्यक्षमा भगवती गाैतम चयन भएकी छन् । संघकाे बुधबार दुलेगौंडामा सम्पन्न नगर अधिवेशनले गाैतमकाे अध्यक्षतामा ४५ सदस्यीय कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा उमा गुरुङ र सिता पौडेल, सचिवमा सुस्मिता बि.क, सह-सचिवमा देउमाया सुनार, कोषाध्यक्षमा आरती सुवेदी र सहकोषाध्यक्षमा झरना क्षेत्री रहेका छन् ।
निर्वाचित समितिलाई बधाई दिदै नेपाल कम्युनिष्ट पार्टीका (माओवादि केन्द्र)की केन्द्रीय सदस्य आशा काेईरालाले लैङ्गिक समानताका मुद्दाहरूमा जानकार रहन आग्रह गरिन् । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर वि.क 'राजु', अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) का गण्डकी प्रदेश समिति अध्यक्ष गीता शाही, जिल्ला अध्यक्ष देविका मगर, माओवादीका गण्डकी प्रदेश सदस्य जाैमाया बराल सुनार, नगर समिति अध्यक्ष सरन सापकाेटा लगायतले महिला आन्दाेलनमा सशक्त भएर लाग्न सुझाव दिए ।
संघले शुक्लागण्डकीका सबै वडामा संगठन विस्तार गर्ने, आउने भदाै २ गते क्रान्तिकारी तीज गीत प्रतियोगिता गर्ने, संगठित सदस्यहरूकाे नेतृत्व क्षमता विकास गर्न प्रशिक्षण गर्ने लगायतका निर्णयहरू गरेकाे अध्यक्ष गाैतमले बताईन् ।