तनहुँ २ का उम्मेदवार सिग्देलले मागे डिजिटल सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुलेगौंडा

फागुन २१ को निर्वाचन नजिकिदै जाँदा नेकपा एमालेका तनहुँ–२ का उम्मेदवार केदार सिग्देलले ‘डिजिटल सुझाव सङ्कलन’ अभियान सुरु गरेका छन् । 

परम्परागत शैलीको घरदैलो र भाषणमा मात्र सीमित नभई नागरिकका वास्तविक समस्या बुझ्न र आगामी कार्ययोजनामा जनसहभागिता सुनिश्चित गर्न प्रविधिलाई उपयोग गरेको सिग्देलले बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका उनले सामाजिक सञ्जाल र क्युआर कोडको माध्यमबाट मतदाताका गुनासा, आवश्यकता र विकासका योजनाहरू सङ्कलन कार्य सुरु गरेको बताए। 

उनका अनुसार क्युआर कोड स्क्यान गरेर नागरिकले सिधै आफ्ना समस्या र सुझाव लेख्न सक्नेछन् ।

विशेषगरी वैदेशिक रोजगार र  जिल्ला बाहिर रहेका मतदाताहरूलाई यो प्लेटफर्मले उम्मेदवारलाई मार्गदर्शन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 

प्राप्त सुझावहरूलाई विज्ञहरूको टोलीले वर्गीकरण गरी प्राथमिकताका आधारमा भावी योजनामा समावेश गरिने सिग्देलको  सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।