तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा शुक्लागण्डकी प्रथम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ।

जिल्ला स्तरीय  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका प्रथम भएको छ। जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा  भिमाद रंगशालामा आयोजित  सत्राैँ  जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १५ स्वर्ण , ९ रजत र ५ कास्य सहित शुक्लागण्डकी प्रथम भएको हो । शुक्लागण्डकीले गतवर्ष पनि पहिलो स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कास्य जितेको व्यास नगरपालिका दोस्रो भयो।  यस्तै तेस्रो भएको घिरिङ गाउँपालिले ३ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेको छ। 

३ स्वर्ण र १ कास्य जितेको ऋषिङ गाउँपालिका चौंथो,  २ स्वर्ण, ६ रजत र ४ कास्य जितेको म्याग्दे गाउँपालिका पाँचौ,  १ स्वर्ण, १ रजत र ५ कास्य जितेको भानु नगरपालिका छैंठौं र १ स्वर्ण, १ रजत र ३ कास्य जितेको आँबुखैरेनी गाउँपालिकाले सातौं स्थान हासिल गरेको छ। 
यसैगरी ६ रजत र ३ कास्य जितेको भिमाद नगरपालिका आठौं स्थानमा सीमित रह्यो । देवघाट र बन्दीपुरले क्रमसः ३ र १ कास्य जिते ।


विजेता खेलाडी तथा स्थानीय तहलाई भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, भिमादकी उपमेयर शारदा खनाल, शुक्लागण्डकीका उपमेयर खुमबहादुर विक ‘राजु’, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे लगायतले पुरस्कार वितरण गरे ।


प्रतियोगितामा जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाबाट ५५० विद्यार्थी सहभागि थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।