आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक साहारा र गोर्खा खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा।

२५ औं आहा रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालामा माघ २७ गते मंगलबार देखि हुने गोल्डकपको पहिलो खेल आयोजक सहारा क्लब र गोर्खा इन्टरनेशनल क्लब बिच हुनेछ ।

१२ टोली सहभागी प्रतियोगिताको दोस्रो दिन  माघ २८ गते जाउलाखेल युवा क्लब र मछिन्द्र फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

माघ २९ गते नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लब खेल्नेछन् भने फागुन १ गते फ्रेण्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड खेल्नेछन् । 

फागुन २ गतेदेखि क्वार्टर फाइनलका खेलहरु सुरु हुनेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल फागुन ६ गते र दोस्रो सेमिफाइनल फागुन ७ गते हुनेछ ।

फाइनल खेल फागुन ९ गते आयोजना हुने आयोजक सहारा क्लवले जानकार दिएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु सन्ध्याकालीन समयमा फ्लड लाइटमा हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । 

विजेता हुने टोलीले १४ लाख एक हजार र उपविजेता हुने टोलीले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

अनुशासित टिमले २५ हजार प्राप्त गर्नेछ । 

सर्वाेत्कृष्ट खेलाडीले टेलजी इलेक्ट्रिक स्कुटर पाउनेछन् । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रत्येक खेलमा भाग्यशाली दर्शकले ५ हजार र फ्यान अफ द म्याचले २ हजार ५ सय रुपैयाँ पाउनेछन् । 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।