असाेज १ गते राष्ट्रिय शाेक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं  नेपाल सरकार मन्त्री परिषद्काे बैठकले जेन जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेकाे छ । सुशिला कार्की नेतृत्वको सरकारकाे साेमबार बसेकाे पहिलो बैठकले आन्दाेलनका क्रममा मारिएका व्यक्तिहरूलाई सहिद घाेषणा गरि राष्ट्रिय सम्मान सहित अन्त्येेष्ठी गर्ने निर्णय गरेकाे हाे। असोज १ गते सार्वजनिक विदा दिइ शाेक दिवस मनाइने भएको छ।

जेन जी आन्दाेलन र बलिदानकाे स्मरण स्वरूप जेन जी जागरण पार्क निर्माण गर्ने निर्णय गरेकाे छ ।

 मृतकका परिवारलाई राज्यले दिदै आएकाे १० लाख र अन्य खर्च ५ लाख गरि १५ लाख उपलब्ध गराउने निर्णय भएकाे छ। उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने छ ।

यस्तै घाइतेको निःशुल्क उपचार, निशुल्क सवारीसाधन एवं सवारी नपुग्ने ठाउँमा हेलिकप्टरको व्यवस्था गरि शव पुर्‍याउने व्यवस्था सरकारले मिलाउने छ।

आन्दोलनको क्रममा भएकाे ज्यादती वा घुसपैठ सम्बन्धमा न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय सरकारले गरेकाे छ। यद्यपि उक्त आयाेगबारे थप निर्णय हुन बाकिँ नै रहेकाे गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।