बालिका शिक्षा कार्यक्रमको संयुक्त अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

तनहुँ  ।  बालिका शिक्षा कार्यक्रमको शुक्लागण्डकीमा पालिकास्तरीय अनुगमन गरिएको छ । बिहिबार शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित श्री पञ्चमुनिदेव माविमा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्र्तगत  जीवन उपयोगि सिप शिक्षा सत्रको अनुगमन भ्रमण गरिएको हो । 
सूर्योदय क्लब स्याङ्जाको सञ्चालन तथा व्यवस्थापन र रुम टु रिडको आर्थिक र प्राविधिक सहयोगमा शुक्लागण्डकी नगरपालिकाको श्री पञ्चमुनिदेव मावि सँगै ८ विद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालनमा छ ।
रुम टु रिड, सूर्योदय क्बलका प्रतिनिधिसँगै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,  शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख नवराज चापागाई, सामाजिक विकास शाखा प्रमुख युवराज पौडेल, योजना शाखा प्रमुख पुष्पराज गिरी, स्वास्थ्य शाखा प्रमुुख ढालबहादुर थापा, मनोसामाजिक परामर्शकर्ता विजया पौडेल लगायतले अनुमगन गरेका थिए ।

सेसन सञ्चालन पश्चात सहभागि बालिका, पालिकाका प्रतिनिधी, विद्यालय परिवार र कार्यक्रमका प्रतिनिधिहरुबीच अन्तक्रिया कार्यक्रम भएको थियो । जसमा बालिकाहरुले जीवन उपयोगी सीप शिक्षा सत्रले आफुहरुको व्यवहारिक जीवन व्यवस्थीत गर्न तथा अध्ययनलाइ पनि थप टेवा पुर्याएको बताए ।
अनुगमनपश्चात पालिकास्तरीय परियोजना सल्लाहकार समितिको बैठकसमेत बसेको थियो । बैठकलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले विद्यार्थीलाई सक्षम बनाउन जीवन उपयोगि सिपको भूमिका महत्वपूर्ण रहने बताए । अहिलेको समाजलाई परामर्शको खाँचो छ । निराशाको भाष्य समाजभर फैलिएको छ’, मेयर पण्डितले भने । 
नागरिकलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर लाग्नुपर्ने उनको तर्क छ । मानव पुँजीको विकास गर्नुपर्ने उनले औंल्याए जसमा बालिका शिक्षा कार्यक्रमको योगदान रहेको बताउनुभयो  । परियोजनालाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता रहेको छ ।

शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले सिप शिक्षा शत्रमा जोडिएका विद्यार्थी र सहभागि नभएका विद्यार्थीबीच भिन्नता पाइएको बताए । शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले सामाजिक सञ्जालले बालबालिकामा नकरात्मक प्रभाव पारेको उल्लेख गर्दै त्यसको असर कम गर्न भूमिका खेल्नुपर्ने बताए ।शुक्लागण्डकी–४ का वडाध्यक्ष राजु वाग्ले, शुक्लागण्डकी–१० का वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, सामाजिक विकास शाखा प्रमुख युवराज पौडेल लगायतले बोल्दै राजमार्ग केन्द्रित नभइ ग्रामिण क्षेत्रमा परियोजनाले काम गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा सूर्योदय क्लवको कार्यकारी निर्देशक मिरा मल्ल, सूर्योदय क्लबका उपाध्यक्ष बलराम दोरङ्गा, रुम टु रिड का बालिका शिक्षा कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे र रुम टु रिड का बरिष्ठ फिल्ड कार्यक्रम व्यस्थापक खड्ग बहादुर कुवर ले पनि कार्यक्रमको बारे थप प्रष्ट पार्नुका साथै सहभागिबाट आएका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । 
रुम टु रिडको आर्थिक र प्राविधिक सहयोग,  सूर्योदय क्लबको व्यवस्थापनमा जीवन उपयोगि सिप शिक्षा शुक्लागण्डकीको ८ वटा विद्यालयमा सञ्चालन गरिएको छ जसबाट ६९१ बलबालिका लाभान्वीत भएका छन् । कार्यक्रमले जीवन उपयोगी सीप शिक्षाका अलवा व्यक्तिगत तथा सामुहिक मेन्टोरीङ, विद्यालय, परिवार तथा समुदायको संलग्नता, सामग्री सहयोग लगायतका क्रियाकलाप पनि सञ्चालनमा रहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।