देउसी खेलेर विद्यार्थीलाई न्यानो लुगा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली। सामाजिक अभियन्ताका युवा महम्मद गफ्फार(सुदिप) र समुहले तिहार मा देउसी भैलो खेलेर उठेको ७३ हजार रकमबाट विपन्न विद्यार्थीहरूलाई स्वीटर, टोपी र मोजा वितरण गरेका छन् ।

तनहुँको ब्यास -५ चिन्तुटारमा रहेको श्री शुक्र आधारभुत विद्यालयमा अध्ययनरत ३० जना विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजाहरु वितरण गरेका छन्।

कार्यक्रममा वडा अध्यक्ष हिमाल  श्रेष्ठले मानव सेवा नै सबै भन्दा ठुलो धर्म रहेको उल्लेख गर्दै तिहारमा देउसी भैलो खेलेर गरिब र जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेकोमा युवाहरुको प्रसंशा गरे। 

विद्यालयका प्रधानाध्यापक टिकाराम दाहालले भने, “सामाजिक जिम्मेवारी बोध भएका युवाहरूले शिक्षा क्षेत्रमा देखाएको सहयोग प्रशंसनीय छ। यस्तो सहयोगले विद्यार्थीहरूमा पढाइप्रतिको रुचि बढाउँछ र उनीहरूमा आत्मबल पनि जगाउँछ।”

गफ्फारले तिहारमा देउसी भैलो खेलेर ७३ हजार रुपैयाँ संकलन भएको र उक्त रकमले विपन्न विद्यार्थीहरूलाई स्विटर, टोपी र मोजा सहयोग गर्ने न्यानो अभियान सुरु भएको जानकारी दिए। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।