दुर्घटनाका घाइतेलाई पृथ्वी होटल व्यवसायी समितिको सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा ।

पृथ्वी होटल व्यवसायी समितिले स्थापना दिवसको अवसरमा दुर्घटनामा घाइते बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।  

बिहीबार पोखरामा सत्रौ स्थापना दिवस मनाउँदै पृथ्वी होटल व्यवसायी समितिले घाइते सरिता चापागाईंको उपचारको लागि २१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो। देउसी भैलो बाट सङ्कलन भएको रकम मध्ये बाट सडक दुर्घटनामा परी घाईते भई २ वर्ष देखि उपचाररत शिक्षिका चापागाईलाई सहयोग गरिएको अध्यक्ष मोतीप्रसाद श्रेष्ठले जानकारी दिए । सहयोग रकम कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले चापागाईकी छोरीलाई हस्तान्तरण गरे।

दिवसको अवसरमा समितिले सुरक्षा चुनौती र व्यवसायिक जिम्मेवारी विषयक अन्तरकृया कार्यक्रम गरेको छ । अन्र्तक्रियामा प्रहरी प्रमुख कार्कीले पर्यटकलाई सुरक्षाको प्रत्याभुति गराउन होटल व्यवसायीको मुख्य भुमिका हुने बताए । होटलहरुले आचारसहिंता पालना गर्नुपर्नेमा उनले जोड दिए ।

होटल व्यवसायी ईन्द्र मगरले विकृति, विसंगती रोक्न प्रहरीको भुमिका बढाउनुपर्ने बताए । साथै, उनले  पर्यटक लैजान गाईडहरुले तानातान गर्ने, सडकमा हस्तक्षेप गर्ने लगायतका अनावश्यक क्रियाकलाप गर्दा सडक दुर्घटनाको जोखिम बढाएको बताए ।

पूर्व अध्यक्ष बालकृष्ण निउरेले होटल व्यवसायीले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सेवामुलक कार्यहरु गरिरहेको बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष कमलप्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेल, महासचिव शोभाकान्त शर्माल लगायतले समितिमा २०० भन्दा वढि होटल व्यवसायी आवद्व भएको भन्दै एकता र सहकार्यलाई कायम राख्नुपर्नेमा जोड दिए । पर्यटनको राजधानी पोखरा आउने पर्यटकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिन पृथ्वीचोक लगायतका मुख्य चोकहरुमा सुरक्षा निगरानी बढाउन माग गरे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।