तनहुँ । व्यास नगरपालिकाले गुरु पूर्णिमा तथा व्यास अवतरण दिवसकाे अवसरमा असार २६ गते सार्वजनिक विदा दिएकाे छ । नगरपालिकाले बुधबार सूचना प्रकाशित गरि बिदा दिने जानकारी गराएकाे हाे ।
व्यास अवतरण दिवसकाे अवसरमा बिहिबार विहान ७ बजे व्यास पुजन कार्यक्रम गरिने नगरपालिकाले जनाएकाे छ ।