कालीगण्डकी नदीकाे वहाव बढ्दै, सतर्कता अपनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा । चीनको तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै कालीगण्डकीमा मिसिने छिनजुङ खोलामा बाढी आएकोले सतर्कता अपनाउन आग्रह गरिएकाे छ । 

मुस्ताङको लोमान्थाङ क्षेत्रमा पछिल्लो समय नदीको बहाव तीव्र रूपमा बढेको छ । मुस्ताङ र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालद्धाले मंगलबार साँझ सूचना जारी गर्दै नदी आसपासका बस्तीहरूमा बसोबास गर्दै आएका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । 

साथै, आगामी दिनमा निरन्तर वर्षा हुने सम्भावना रहेकाले अन्य नदी तथा खोलाहरूमा समेत पानीको सतह बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई थप सावधानी अपनाउन अनुरोध गरिएको छ ।

बाढीले कालीगण्डकी तटीय क्षेत्रमा जोखिम बढाउन सक्ने भन्दै अहिले नदी किनारमा जान नदिने र बसिरहेकालाई पनि छाड्न भनिएको छ ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।