कास्की शाखालाई पत्रकार फुटसलको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, २४ असार। नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको फुटसल प्रतियोगितामा कास्की शाखाले उपाधि जितेको छ। आज सम्पन्न फाइनल खेलमा आयोजक बागलुङ शाखाको टिमलाई ६-५ गोल अन्तरले पराजित गर्दै कास्की शाखाले उपाधि चुमेको हो । कास्कीले उपाधि सहित ट्रफी मेडल प्रमण पत्र प्राप्त गरेको कास्कीका सचिव भूपाल गुरुङले बताए । कास्कीले समूह चरणपछि क्वार्टर फाइनलमा बाई पाएको थियो भने सेमिफाइनलमा म्याग्दी शाखालाई ७-२ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । उता, बागलुङ शाखाको सेतो टिम समूह चरण पार गर्दै फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगितामा पत्रकार महासंघ बागलुङ शाखाका तीन टिम सहित म्याग्दी, पर्वत र कास्की शाखाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।