बागलुङ, २४ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको फुटसल प्रतियोगितामा कास्की शाखाले उपाधि जितेको छ। आज सम्पन्न फाइनल खेलमा आयोजक बागलुङ शाखाको टिमलाई ६–५ गोल अन्तरले पराजित गर्दै कास्की शाखाले उपाधि चुमेको हो ।
कास्कीले उपाधि सहित ट्रफी मेडल प्रमण पत्र प्राप्त गरेको कास्कीका सचिव भूपाल गुरुङले बताए । कास्कीले समूह चरणपछि क्वार्टर फाइनलमा बाई पाएको थियो भने सेमिफाइनलमा म्याग्दी शाखालाई ७–२ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । उता, बागलुङ शाखाको सेतो टिम समूह चरण पार गर्दै फाइनलमा प्रवेश गरेको थियो।
प्रतियोगितामा पत्रकार महासंघ बागलुङ शाखाका तीन टिम सहित म्याग्दी, पर्वत र कास्की शाखाको सहभागिता रहेको आयोजकले जनाएको छ ।